कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सीमावर्ती भारतीय वन्यजन्तु आरक्षमा बाघ गणना

कमल पन्थी

बर्दिया — जिल्लासँग सीमा जोडिएको भारत उत्तरप्रदेश राज्यको कतरनियाघाट बहराइचस्थित वन्यजन्तु आरक्षमा सोमबारबाट बाघको गणना सुरु भएको छ । मंसिर ६ गतेसम्म बाघको गणना हुने छ ।

सीमावर्ती भारतीय वन्यजन्तु आरक्षमा बाघ गणना

बाघ गणनाका लागि ५ सय ८८ वटा क्यामेरा लगाइएको कतरनियाघाट वन्यजन्तु आरक्षका डीएफओ यशवन्त सिंहले जानकारी गराएको लखनउबाट प्रकाशित अमर उजाला पत्रिकाले जनाएको छ । त्यहाँ चार वर्षपछि बाघको गणना हुन लागेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको जैविक मार्गसँग जोडिएको उक्त आरक्षमा बाघ गणना हुन लागेको हो ।यस मार्गबाट बाघ,गैंडा,हात्ती लगायत वन्यजन्तुको ओहोरदोहोर हुने गर्छ ।

विश्व वन्यजन्तु कोषको सहयोगमा कर्मचारीलाई समेत बाघ गणनाका लागि प्रशिक्षित गरिएको आरक्षले जनाएको छ । आरक्षको तीन वटा रेन्ज पोष्ट अन्तर्गत २/२ वटा क्यामेरा गरि २ सय ९४ स्थानमा राखिने भएको छ । कतरनियाघाट, निशानगाढा,मुर्तिहा,ककराहा,सुजौली र धर्मापुरमा जीपीएस जडित क्यामेरा जडान गरिएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

गणनाका लागि राखिएको क्यामेरा २५ दिन पछि मुख्य वन्यजन्तु संस्थान देहरादुन पठाइने भएको छ । त्यही बाघको पहिचान गरि यसको संख्या सार्वजनिक गरिने भएको छ । कतरनिघाट वन्यजन्तु आरक्ष ५ सय १५ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । चार वर्षअघि गरिएको गणनामा बाघ २९ र चितुवा १ सय ५० रहेको आरक्षले जनाएको छ ।

तीन वर्षअघि गरिएको गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले अहिले बाघको संख्या सय नाघेको अनुमान गरिएको जनाए ।

प्रकाशित : मंसिर १, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?