कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिपरको ठक्करबाट रुपन्देहीमा ८ वर्षीय बालकको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा टिपरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–८ का रघुवीर हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मायादेवी गाउँपालिका–८ स्थित विश्वकर्मा मन्दिर नजिकै लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको टिपरले सोमबार बिहान ठक्कर दिँदा पैदलयात्री रघुवीरको घटनास्थलमा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

टिपर र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको खत्रीले बताए ।

प्रकाशित : कार्तिक १७, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?