कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

कमल पन्थी

बर्दिया — नेपाल-भारत सिमानामा मंगलबार बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका-३ धनौराका अन्दाजी २८ वर्षका दिनेश चौधरी बिहान ७ बजे च्याउ टिप्न जाने बेलामा बाघको आक्रमणमा मृत्यु भएको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार दिनेश दिउँसो अबेरसम्म घर नफर्केपछि घर परिवारले खोजी गर्न आफन्तीलाई जंगल पठाएका थिए । खोजी गर्ने क्रममा बाघले झम्टिदा स्थानीय रमेश थारुको पनि मृत्यु भएको राउतले बताए । उनीसँग गएका अन्य स्थानीयले भागेर ज्यान बचाएका थिए ।

त्यसपछि सशस्त्रको बीओपीबाट खटिएको टोली र स्थानीयले खोजी गर्दा १०/१० मिटर दूरीमा दुवै जनाको शव भेटिएको थियो ।

यस क्षेत्रमा चार महिनायता बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?