कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा एक कोरोना संक्रमितको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पामा शनिबार बिहान एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

पाल्पामा एक कोरोना संक्रमितको मृत्यु

तानसेनस्थित मिसन अस्पताल, भुषालडााडामा उपचारका क्रममा तानसेन नगरपालिका–१, गैरागाउँका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

ढाड दुख्ने समस्या भएपछि मिसन अस्पतालमा उपचारका लागि गएको वडा सदस्य नारायण न्यौपानेले बताए ।

मृतक पुरुषको मिसन अस्पतालबाट स्वाब संकलन गर्दा नौ दिनअघि कोरोना पोजिटिभ देखिएको थियो ।

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । जसमध्ये २ सय ८२ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : कार्तिक ८, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?