१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा एक संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा बिहीबार एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कन्चन गाउँपालिका ३ की ४८ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

उनका अनुसार कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक मा भर्ना भएकी ती महिलाको ४ गते स्वाब पठाइएकामा बिहीबार बिहान पोजिटिभ नतिजा आएको र बिहान नै मृत्यु भएको गौतमले बताए । ती महिलामा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो ।

प्रकाशित : कार्तिक ६, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?