बाँकेमा कोरोनाबाट थप एकको मृत्यु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
नेपालगन्ज — बाँकेमा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![बाँकेमा कोरोनाबाट थप एकको मृत्यु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/third-party/corona-virus-0122020023935-1000x0-copy-2552020014448-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
बेलाडी–५ कञ्चनपुरका २४ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार बेलुका मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो । त्यसैदिन उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
कोरोना पोजेटिभ पछि ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि मङ्गलबार बेलुका साढे ७ बजे मृत्यु भएको केन्द्रले जनाएको छ । योसंगै उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाकेमा मृत्यु भएको छ । बाके जिल्लाका मृत्यु हुनेको संख्या भने २९ छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)