कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । बुटवल ८ का ४९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । 

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

असोज २७ गते कोरोना पोजिटिभ नतिजा आएपछि होम आइसोलेसनमा बसेका ती पुरुष शनिबार नै अस्पताल भर्ना भएका थिए । यससँगै अस्पतालमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालको सबै बेड भरिएका छन् । गम्भीर प्रकृतिका कोरोना संक्रमित आए उपचार गर्ने स्थान नभएको अस्पतालले जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७७ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?