कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्रीलाई कोरोना

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघा लागेपछि पीसीआर परीक्षण गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको मन्त्री चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्रीलाई कोरोना

चौधरीसँगै उनकी श्रीमती, पीएसओ, चालक भान्सामा काम गर्ने सहयोगीलाई समेत कोरोना संक्रमण देखिएको उनले बताए ।

मन्त्री चौधरीले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध समेत गरेका छन् । संक्रमित पाँच जनामध्ये मन्त्री चौधरीले आफूलाई रुघा लागेको र अन्य ४ जनालाई कुनै लक्षण नदेखिएको समेत जनाएका छन् । उनी होम आइसोलेसनमा छन् ।

यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सांसद, प्रदेशसभाका केही कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीलगायतमा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : कार्तिक १, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?