कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट कपिलवस्तुमा ४० वर्षीय पुरुषको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ का ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोनाबाट कपिलवस्तुमा ४० वर्षीय पुरुषको मृत्यु

बुद्धभूमि नगरपालिकाको आइसोलेसन सेन्टरबाट थप उपचारका लागि बुधबार राति भैरहवास्थित भीम अस्पताल लैजाँदै गर्दा ती पुरुषको बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

ती पुरुषले भैरहवास्थित मेडिकल कलेजमा डेंगुको उपचार गराइरहेका थिए । उनमा बुधबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित : आश्विन २९, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?