कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलको कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

सन्जु पौडेल

काठमाडौँ — बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवलको कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

मंगलबार बिहान बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

निमोनिया र उच्च रक्तचापको समस्या भएका ती पुरुष असोज २ गते अस्पताल भर्ना भएको र साेही दिन गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको डा. थापाले जानकारी दिए ।

योसँगै कोरोना विशेष अस्पतालमा कारोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रकाशित : आश्विन २७, २०७७ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?