कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ट्याक्टर नियन्त्रणमा

नवीन पौडेल

नवलपुर — नदीजन्य पदार्थको अवैध उत्खनन गरेको भन्दै इलाका प्रहरी कार्यालय दुम्किबासले सोमबार ९ ओटा ट्याक्टर नियन्त्रणमा लिएको छ । 

अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ट्याक्टर नियन्त्रणमा

विनयी-त्रिवेणी गाउँपालिकाको विनयी खोलामा अवैधरुपमा उत्खनन गरिरहेका ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मोहन बहादुर खाडंले बताए ।

लु ३ त ७०४५, लु ४ त २८८१, लु ३ त ४०८१, लु ३ त १७७२, ना ४ त ९०७०, लु ३ त६९५३, लु ३ त ४७७५, ना ७ त ११३१ र लु२ त ९६०७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएर गाउँपालिकालाई बुझाइएको प्रहरीले जनाएको छ । यसअघि पनि दुम्किबास प्रहरीले अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गरेर ओसारपसार गर्ने सवारीलाई नियन्त्रणमा लिएर स्थानीय तहलाई बुझाएको थियो ।

ट्याक्टर व्यवसायीले भने खोलानालामा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का लगाउनुपर्ने माग गर्दै सदरमुकाम कावासोतीमा केहीदिन अघि प्रर्दशन गरेका थिए ।

खोलानालामा ठेक्का नलाग्दा आफूहरुको व्यवसाय ठप्प भएको भन्दै तत्काल निकासी खुलाउनुपर्ने माग गर्दै आएका छन् । दुम्किबास बाहेक जिल्लाका अन्य स्थानमा पनि अवैधरुपमा नदीजन्य पदार्थको दोहन भइरहेको छ ।

प्रकाशित : आश्विन २६, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?