कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

रोजगार गुमेकालाई सडक मर्मतको काम

गिरुप्रसाद भण्डारी

प्यूठान — कोरोना भाइरसका कारण रोजगार गुमाएकाहरुलाई प्यूठान नगरपालिकाले रोजगार दिएको छ ।

रोजगार गुमेकालाई सडक मर्मतको काम

नगरपालिकाले १० वटै वडामा स्थानीयलाई सडक मर्मत गर्ने काम लगाएर रोजगारी दिएको मेयर अर्जुनकुमार कक्षपतिले बताए ।

पालिकाभर झन्डै ६० लाख रुपैयाँ बराबरको काम स्थानीयलाई दिन थालिएको कक्षपतिले बताए । स्थानीयलाई गाउँमै रोजगारी दिने उद्देश्यले यसपालि कडा चट्टान, ढुंगा खसेको स्थान बाहेका सबै स्थानका सडकहरु मान्छेले सोर्ने, मर्मत गर्नेगरी प्राविधिक स्टिमेट गराएर उपभोक्ता समिति मार्फत काम अगाडि बढाइएको कक्षपतिले बताए । अघिल्ला वर्षहरुमा बर्खामा बिग्रेका सडक डोजर, स्काभेटर, जेसीबी मार्फत सोर्न गरिन्थ्यो ।

मेयर कक्षपति समेत स्थानीयसँगै फरुवा, कोदाली बोकेर काममा खट्ने गरेका छन् । ‘सडक मर्मतको काम नसकिदासम्म हरेक दिन काम गर्ने योजना बनाएको छु,’ कक्षपतिले भने,‘यसले जनतासँग आत्मियता, बढ्दै गएको छ ।’

वडाको सारीबाङ–पातिहाल्ना सडक,खरीबोट–छेपाने सडक, खरीबोट–पातिहाल्ना लगायत सडकमा ३ सय २ जना ज्यामी खटेको प्यूठान नगरपालिका १० का वडाध्यक्ष पदम गिरीले बताए । गिरीले आफ्नो वडामा सडक मर्मतको लागि ८ लाख ७६ हजार रुपैयाँ खर्च गर्न लागेको बताए ।

प्रकाशित : आश्विन २२, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?