कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्द अवज्ञा गरेको भन्दै गाडी तोडफोड

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश राजधानी सार्ने प्रस्तावविरुद्ध आह्वान गरिएको रूपन्देही बन्दको अवज्ञा गरेको भन्दै बुटवलमा आइतबार एक गाडी तोडफोड भएको छ । प्रदर्शनकारीले ब्रोडब्यान्ड नेपाल प्रालिको लु२च १०७४ नम्बरको गाडी बिहान साढे १० बजेतिर देवीनगर, होराइजन चोकमा तोडफोड गरेका हुन् ।

बन्द अवज्ञा गरेको भन्दै गाडी तोडफोड

ग्राहकको इन्टरनेट बनाउन जाने क्रममा गाडी तोडफोड गरिएको प्रालिका सञ्चालक जेपी कँडेलले बताए । प्रालिले घटनाको भर्त्सना गर्दै क्षतिपूर्ति माग गरेको छ ।

यसैबीच प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैदेखि प्रदर्शन भएको छ । कांग्रेस रूपन्देहीले आह्वान गरेको बन्दसँगै बुटवलका संघसंस्थाको सक्रियतामा प्रदर्शन गरिएको हो । जिल्लाका विभिन्न चोक र मुख्य सडकमा टायर बाली प्रदर्शन गरिएको छ ।

प्रकाशित : आश्विन १८, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?