कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलका मुख्य चोक निषेधित क्षेत्र घोषणा

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही जिल्ला प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।

बुटवलका मुख्य चोक निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति जारी गरेको सूचनामा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ ।

सूचनामा प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको उल्लेख छ । प्रशासनले ५ जनाभन्दा बढी जम्मा हुन रोक लगाएको छ ।

त्यस्तै, मन्त्रालय रहेको दक्षिणमा सुन्दर चोक, उत्तरतर्फ भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जनाभन्दा धेरै भेला हुन नपाइने समेत सूचनामा भनिएको छ । साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत् चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइने छैन ।


प्रकाशित : आश्विन १७, २०७७ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?