कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु

कान्तिपुर संवाददाता

नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरको झरना नजिक तालमा पौडी खेल्ने क्रममा बिहीबार डुबेर दुई किशोरको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–९, बाकेगाउँका १६ वर्षीय शिव शंकर शुक्ला र १५ वर्षीय विनोद बर्माको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाकेका डीएसपी सुवास खड्काले बताए । अर्का एक जनाको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी खड्का अनुसार उनीहरु ३ जना नेपालगन्जबाट झरना हेर्न फत्तेपुर पुगेका थिए । झरना हेरिसकेपछि नजिकै रहेको तालमा पौडी खेलेका थिए । त्यसक्रममा डुबेका दुई जनाको उद्धार गरी नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : आश्विन १६, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?