कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनचाँदी व्यवसायी मृत फेला

मनोज पौडेल

कपिलवस्तु — चार दिनदेखि हराइरहेका जिल्ला सुनचाँदी व्यवसायी संघका सचिव राघवेन्द्र वर्मा मृत अवस्थामा फेला परेका छन् ।
यशोधरा गाउँपालिकास्थित खोरिया नजिक वाणगंगा नदी किनारमा उनको शव मंगलबार दिउँसो भेटिएको छ । उनको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

वर्मा सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आएका थिए । शनिबार साँझ घरबाट उनी घुम्न भनी हिँडेका थिए ।

रातिसम्म घर नफर्केपछि उनका परिवारजनले खोज तलासका लागि सबैलाई अपिल गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?