बर्दियामा १७ प्रहरीसहित ३२ जना कोरोना संक्रमित- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा १७ प्रहरीसहित ३२ जना कोरोना संक्रमित

कमल पन्थी

बर्दिया — भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण भएका छन् । तीमध्ये जिल्ला प्रहरी कार्यालयका १७ जना प्रहरीका रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

शनिबार नेपालगन्जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको २ सय जनाको परीक्षणमा बर्दिया गुलरिया नगरपालिकाका २१ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीका अनुसार बढैयाताल गाउँपालिकामा ४, जिल्ला अस्पताल गुलरियामा ४, मधुवन, ठाकुरबाबा र ठाकुरबाबा नपामा १/१ गरी ३२ जना रहेको बताए । तीमध्ये पुरुष २४ र महिला ८ जना रहेका छन् ।

जिल्लाका विभिन्न आइसोलेसन र होम आइसोलेसनमा गरी २ सय १ जना रहेका छन् । शनिबार साँझसम्म ४ सय १९ जना निको भई घर फर्किसकेका छन् । कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्

पूर्व राजदूत राजभण्डारीको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्व राजदूत पुस्करमान सिंह राजभण्डारीको ८० वर्षको उमेरमा निधन भएको छ ।

राजभण्डारीको शुक्रबार साँझ हात्तीगौडास्थित आफ्नै निवासमा निधन भएको उनको परिवारले जनाएको छ । शनिबार बिहान उनको अन्तिम संस्कार गरिएको थियो ।

राजभण्डारी सन् १९६९ मा शाखा अधिकृतबाट परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले पाकिस्तान, रुस, चीन र थाइल्यान्डस्थित नेपाली नियोगमा विभिन्न पदमा रहेर काम गरेका छन् ।

उनले सन् २००३ देखि सन् २००६ सम्म पाकिस्तानको राजदूतको जिम्मेवारी सम्हालेका थिए । राजभण्डारी पूर्व करिअर राजदूत क्लब समूहका अध्यक्ष पनि थिए ।

प्रकाशित : आश्विन १०, २०७७ १८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×