कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले पाल्पाकाे तिनाउका आठ घरमा क्षति

माधव अर्याल

पाल्पा — शुक्रबार रातिको अविरल वर्षासँगै खसेको पहिरोले तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, घोडेबासलगायतका स्थानमा आठ घरमा पहिरोले क्षति पुगेको छ । पहिरोले दोभानको घोडेबासस्थित टिकाराम खरेल, यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ ।

पहिरोले पाल्पाकाे तिनाउका आठ घरमा क्षति

माथिल्लो भागबाट खसेको पहिरोले उनीहरुको घरमा क्षति पुर्‍याएको उनका आफन्त दोभानका विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।

तिनाउ गाउँपालिका–२, कै भीमबहादुर भुजेलको पनि माथिल्लो भागबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको छ । तिनाउ गाउँपालिका–३, सिद्धार्थ राजमार्ग क्षेत्रका अर्घाछापका लीलाबहादुर थापाको घर, च्याउघरलगायतमा पहिरोले क्षति पुगेको छ ।

राजमार्गको माथिल्लो भागमा पहिरो खस्दा रुखसहितले घरमा क्षति पुगेको प्रहरी चौकी दोभानका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले जानकारी दिए । उनका अनुसार तिनाउ गाउँपालिका–३, कै अमरसिंह प्रधान र राजबहादुर श्रेष्ठको घर पनि पहिरोको जोखिममा परेको छ ।

वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले रातभरको अविरल वर्षाले के कति क्षति भएको छ भन्ने अझै यकिन तथ्यांक आउन नसकेको बताए । उनले राजमार्ग छेउछाउमा मात्र अहिले जानकारीका आएको तर भित्री गाउँको अवस्था बुझ्ने क्रममै रहेको बताए ।

प्रकाशित : आश्विन १०, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?