२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बर्दियामा एक कोरोना संक्रमितको मृत्यु

कमल पन्थी

बर्दिया — ठाकुरबाबा नगरपालिका—७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । उनी असोज ४ गते निमोनिया भई उपचारका लागि कोहलपुर भर्ना भएका थिए ।

बर्दियामा एक कोरोना संक्रमितको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले उनको पीसीआर परीक्षण गरेपछि कोरोना पोजिटिभ पुष्टि भएको बताए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनको मंगलबार बेलुकी कोहलपुरमा मृत्यु भएको प्रमुख गिरीले जनाए ।

प्रकाशित : आश्विन ६, २०७७ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?