जिल्लाको राजापुरस्थित एक मात्र मुल भन्सार कार्यालय पुनः सञ्चालनका लागि नेपाल भारतका व्यापारी र स्थानीय प्रहरी प्रशासन सहमत भएका छन । सीमावर्ती भारतको कतरनियाघाटमा भएको छलफलमा आवश्यक प्रक्रिया पुर्याई भन्सार सञ्चालनमा ल्याउने सहमति भएको हो ।
बर्दियामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले झिनो मतले अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार फराकिलो मतले अगाडि छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ३ हजार ७ सय ५५ मतगणना हुँदा गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार कांग्रेसका संजय कुमार गौतमले १ हजार १ सय ४५ मत प्राप्त गरेका छन् ।
मधुवन नगरपालिका–८ स्थित गणेश सामुदायिक वनमा शनिबार मृत अवस्थामा पोथी पाटेबाघ फेला परेको छ । अन्दाजी ५/६ वर्ष उमेरको बाघको शरीरका विभिन्न भागमा चोट पटक लागेको छ ।
बढैयाताल गाउँपालिका २ फुटाहास्थित राजन शर्माको माछा पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । डुबेको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल बिओपी फुटाहा र स्थानीयको सहयोगमा दुई जनाको उद्धार गरिएको थियो ।
गेरुवा गाउॅपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका जमान सिंह केसी र लक्ष्मी चौधरी निर्वाचित भएका छन् । केसी दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रका विश्व बहादुर थारुलाई पराजित गरे ।
खरले छाएका स–साना झुपडी छन् । आँगनमा बालबालिका र महिला आ–आफ्नै काममा व्यस्त देखिन्छन् । पुरुषहरू कोही माछा मार्न त कोही मजदुरीका लागि घरबाहिर निस्किएका छन् । यहाँका हरेक घरमा अहिले कांग्रेस, एमाले र अन्य दलका झन्डा टाँगिएका छन् । नेताहरू बस्तीमा आउन थालेपछि स्थानीयले चुनाव आउन लागेछ भन्ने पत्तो पाएका हुन् ।
कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले जेठ २० गते मध्यरातबाट थप ११ दिनका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालयले पसल र वित्तीय संस्थान भने केही खुकुलो गरेको छ ।