कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक गतिविधि सञ्चालन गर्न सबै विद्यालयलाई आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयलको भदौ १९ गतेको निर्णय अनुसार नगर शिक्षा समितिको सोमबार बसेको बैठकले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई शिक्षण गतिविधि सूचारु गर्न पाउने गरि निर्णय सार्वजनिक गरेको हो ।

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७, को दफा ३ मा उल्लेखित स्रोत र साधनका पहुँचका आधारमा विद्यार्थीलाई विभिन्न समूहमा वर्गिकरण गरि कक्षा सञ्चालन गर्न पाउने व्यवस्था अनुसार पठन–पाठन सञ्चालन गर्न अनुमति दिएको हो ।

साथै प्रारम्भिक बालविकास उमेर समूहका बालबालिकाको हकमा पालिकाले होम स्कुलिङ व्यवस्था गरि सिकाइ क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रकाशित : आश्विन ६, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?