कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ मा थपिए १ सय संक्रमित

अमृता अनमोल

बुटवल — रुपन्देहीमा ५९ सहित प्रदेश ५ मा शनिबार एकसय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ मा थपिए १ सय संक्रमित

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दाङमा २८, बाँकेमा २५, बर्दियामा ७, प्युठान ५, कपिलवस्तुमा ४, पाल्पा र गुल्मीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ८ हजार ९ सय ८९ पुगेको छ ।

संक्रमित मध्ये २ हजार ३ सय ५१ जना उपचारका क्रममा छन् । तीमध्ये ६ सय ३६ जना होम आइसोलेसनमा छन् । कोरोनाका कारण अहिलेसम्म प्रदेश ५ मा ५५ जनाको मृत्यु भइसकेको छ । प्रदेशमा ६ हजार ४ सय ८३ जना संक्रमित निको भएका छन् ।

प्रकाशित : आश्विन ३, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?