कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरीमा ७२ बेडको कोरोना अस्पताल सुरु भएपछि खजुरामा सेवा बन्द

रुपा गहतराज

नेपालगन्ज — बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसन अस्पताल शनिबारदेखि बन्द गरिएको छ । 

नेपालगन्जको भेरी अस्पतालमा ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा आएपछि खजुराको सेवा बन्द गरिएको हो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर केसीले क्यान्सर अस्पतालबाट कोरोना विशेष आइसोलेसन सेन्टर हटाइएको जानकारी दिए । उनले कोरोना महामारीका क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आइसोलेसन सेन्टर बन्द गरिएको बताए ।

५ नम्बर प्रदेश सरकारले क्यान्सर अस्पताल खजुरालाई गत वैशाखदेखि कोरोना विशेष आइसोलेसन अस्पताल घोषणा गरेको थियो । त्यहाँ २ बेड भेन्टिलेटर, ६ बेड आईसीयूसहित ५० बेड कोरोना संक्रमितलाई छुट्याइएको थियो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा बैशाख १९ गते बाँकेका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषलाई आइसोलेसन सेन्टरमा राखेर दिइएको सेवा शनिबारसम्म आइपुग्दा १ सय ९७ मा पुगेको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?