कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा मंगलबार ४२ जना कोरोना संक्रमित थपिए

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा मंगलबार ४२ जना कोरोना संक्रमित निको भएर फर्केको दिन ४२ जना नै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ठूलो संख्यामा कोरोना संक्रमित पुष्टि हुँदा प्रहरीसहितका संक्रमितमा वडा ९ र १० नम्बरका धेरै रहेका छन् । अस्पतालले दुई सय जनाको परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा मंगलबार ४२ जना कोरोना संक्रमित थपिए

योसँगै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ११ पुगेको छ । जसमध्ये ८ जनाको मृत्यु भइसकेको छ भने १ हजार ७८ जना कोरोनामुक्त भइसकेका छन् । ४ सय २६ जना संक्रमितहरु विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?