कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

चक्कु प्रहारबाट प्रहरी हवल्दार घाइते

दुर्गालाल केसी

काठमाडौँ — होटलमा खाजा खाने क्रममा विवाद हुँदा चक्कु प्रहारबाट घोराहीमा प्रहरी हवल्दार घाइते भएका छन् ।

घोराही-१५ आदर्शटोल स्थित सुर्खेती होटलकी सञ्चालिका ४० वर्षीया ईन्द्रा थापाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार खड्कबहादुर खत्रीलाई चक्कु प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताएका छन् ।

शनिबार बेलुका होटलमा खाजा खाने क्रममा विवाद् भएपछि थापाले खत्रीलाई चक्कु प्रहार गरेकी थिइन् । हवल्दार खत्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भएर अहिले अवस्था सामान्य रहेको डीएसपी खड्काले जानकारी दिए । चक्कु प्रहार गर्ने होटल सञ्चालिका थापालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

यसैबीच जुवा खेलेको अभियोगमा घोराहीमा पाँच जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१५ पाठकचोकस्थित याम बहादुर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार बेलुका थापासहित पाँच जनालाई पक्राउ गरिएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ताससहित नगद ३० हजार ३ सय ९५ रुपैयाँ पनि बरामद गरेको छ ।

प्रकाशित : भाद्र २८, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?