प्यूठानमा शुक्रबारदेखि निषेधाज्ञा हट्ने- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यूठानमा शुक्रबारदेखि निषेधाज्ञा हट्ने

गिरुप्रसाद भण्डारी

प्यूठान — कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दुई सातादेखि प्यूठानमा लागू गरिएको निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा बिहीबार दिउँसो बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।


कोभिड नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । सार्वजनिक यातायातलाई जोर बिजोर लागू गर्ने, जिल्लाभित्र भेला सम्मेलन गोष्ठी गर्न नपाइने र बाँकी नेपाल सरकारको नीति निर्देशन पूर्णरुपमा पालना गर्ने गरी निषेधाज्ञा हटाउने निर्णय भएको भुसालले बताए ।

प्रकाशित : भाद्र २५, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ५ मा बिहीबार १ सय ५१ जनामा कोरोना पुष्टि

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा बिहीबार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५१ जना महिला र १ सय जना पुरुष छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ५९ पुगेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । संक्रमण हुनेहरूमा पुरुष ६ हजार १ सय ३१ जना छन् भने महिला १ हजार ५ सय २३ जना छन् ।

प्रदेशमा बिहीबार थपिने संक्रमितमा रुपन्देहीमा ६९, कपिलवस्तुमा ४२, पाल्पामा २९, गुल्मीमा ५ र बाँके र दाङमा ३/३ जना छन् ।

संक्रमितमध्ये एक हजार ८ सय ८० जना कोरोना संक्रमित उपचारको क्रममा छन् । जसमा १ सय ३४ जना लक्षणसहितका बिरामी भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पौडेलले बताए ।

संक्रमितमध्ये १ सय ३१ जना कोरोना विशेष अस्पतालमा छन् । जसमा जटिल खालका २१ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । लक्षणविहीन अन्य संक्रमित भने आइसोलेसन केन्द्रमा रहेका छन् । कोरोना संक्रमणका कारण प्रदेशमा ४३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : भाद्र २५, २०७७ १७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×