कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ मा हालसम्म ४ हजार ९ सय १५ जना कोरोनामुक्त

सोमबार ७५ संक्रमित थपिँदा ५१ जना डिस्चार्ज
अमृता अनमोल

बुटवल — प्रदेश ५ मा अहिलेसम्म ४ हजार ९ सय १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५१ जना व्यक्ति कोरोनामुक्त भएका छन् । उनीहरु विभिन्न अस्पताल र आइसोलेसन केन्द्रबाट उपचार गरी निको भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

प्रदेश ५ मा हालसम्म ४ हजार ९ सय १५ जना कोरोनामुक्त

प्रतिशतका आधारमा कोरोना संक्रमणबाट निको हुनेको दर ७७ प्रतिशत हुन आउँछ । देशभरमा भने निको हुने दर जम्मा ५४ प्रतिशत रहेको छ ।

प्रदेशमा सोमबारसम्म ६ हजार ४ सय १९ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । सोमबार थप ७५ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार सोमबार सबैभन्दा धेरै बाँकेमा ४० र रुपन्देहीमा ३० जना संक्रमित थपिएका छन् । पाल्पा र नवलपरासी पश्चिममा २/२ जना र कपिलवस्तुमा एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये १४ महिला र ६१पुरुष छन् ।

प्रकाशित : भाद्र १५, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?