कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

उपचार नपाउँदा सर्पले डसेका युवाको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — समयमै उपचार नपाउँदा सर्पले डसेका शीतगंगा नगरपालिका–५ जुकेनाका एक युवाको मृत्यु भएको छ । शनिबार राति सर्पले डसेका ३५ वर्षीय यमबहादुर बेल्वासेलाई उपचारका लागि आइतबार बुटवल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

घरमा सुतिरहेको बेला सर्पले डसेका उनलाई आइतबार बिहान कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो । बिरामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्खाको कारण पहिरोले सडक अवरुद्ध भएको र समयमै एम्बुलेन्स नपाउँदा बेल्वासेलाई छिटो अस्पताल पुर्‍याउन नसकिएको शीनगंगा नगरपालिका–५ वडाध्यक्ष कमल पौडेलले बताए । बेल्वासेको घर जुकेनादेखि सन्धिखर्क–गोरुसिंगे सडक खण्डको ठाडा आइपुग्न करिब डेढ घन्टा समय लाग्छ । उनलाई स्थानीयले घन्टौं बोकेर गाडी चल्ने बाटोसम्म ल्याएका थिए । बेल्वासेको घर एक्लो ठाउँमा भएकाले गाउँलेलाई ढिला गरी खबर भएको थियो । प्रहरीका अनुसार सर्पले टोकेको १६ घन्टापछि मात्रै उनलाई गोरुसिंगे सर्पदंश उपचार केन्द्र पुर्‍याइएको थियो ।



प्रकाशित : भाद्र १४, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?