कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पैसाका लागि आफ्नै सालाको अपहरण

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले आफ्नै साला अपहरण गर्ने एक जनालाई पक्राउ गरेको छ । ससुरासँग ४ लाख ८५ हजार रुपैयाँ रहेको थाहा पाएपछि नेपालगन्ज उपमहानगरपालिका–१६ परस्पुरका कलिम खाले आफ्नै साला खजुरा गाउपालिका– ५ रझनवाका १३ वर्षीय इन्तजार खालाई अपहरण गरेका थिए ।

पैसाका लागि आफ्नै सालाको अपहरण

अपहरण गरी फिरौती मागेको अभियोगमा नेपालगन्ज उपमहानगरपालिका–१६ परस्पुरका कलिम खालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले बताए ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले अपहरणका संलग्न इन्तवार खालाई सार्वजनिक गरेको हो । ‘ससुराको पैसा हत्याउन सालालाई अपहरण गरेको देखिन्छ,’ प्रहरी प्रमुख रानाले भने,‘सालालाई घरमा राखेपछि कलिमले ससुरालाई फिरौतीको लागि १० लाख रुपैयाँ मागेका थिए ।’

बाँके प्रहरीका अनुसार २७ वर्षीय कलिमलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । उनले अपहरण गर्न प्रयोग गरेको भे ४ प २३४४ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

९ गते अपहरणमा परेका बालकको प्रहरीले बिहीबार उद्धार गरेको थियो । मंगलबार हराइरहेका बालकको परिवारले बुधबार मात्र प्रहरीलाई जानकारी गराउँदा प्रहरीले रातभर अप्रेसन चलाएर बिहीबार बालकको उद्धार गरेको थियो ।

प्रहरीमा खबर आएको २४ घण्टामा बालकको उद्धार गरिएको रानाले सुनाए । मोहर्रम पर्वमा रमाइलो हेर्न गएका इन्तवारलाई कलिमले भदौ ९ गते अपहरण गरेका थिए ।

प्रकाशित : भाद्र १२, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?