१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भारतबाट अवैध रुपमा भित्र्याइएको सामान बरामद

कमल पन्थी

बर्दिया — बिहीबार राति बर्दियाका विभिन्न नाकाबाट अवैध रुपमा भित्र्याइएको २ लाख १९ हजार मूल्य बराबरको सामान सशस्त्र प्रहरी बलले बरामद गरेको छ । जिल्लाको जमुनी, गुलरिया लगायतका चोरी नाकाबाट भित्र्याइएको कपडा, सुर्तीजन्य पदार्थ, मेसिनेरी सामान लगायतका सामान बरामद गरेपनि तस्कर भने फरार भएका छन् ।

सिमामा सशस्त्र प्रहरी बल तैनाथ भएपछि अहिलेसम्मको ठूलो परिमाणका अवैध रुपमा भित्राएको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण हेडक्वाटर बर्दियाका प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर केसीले बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाएको जनाए ।

प्रकाशित : भाद्र १२, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?