कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रादेशिक अस्पतालका थप तीन जनामा कोरोना संक्रमण

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै अस्पतालभित्रैका स्वास्थ्यकर्मी र कर्मचारी संक्रमितको संख्या १४ पुगेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका थप तीन जनामा कोरोना संक्रमण

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुधबार बिहान अस्पतालको प्रशासन शाखामा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका तीनै जना सेल्फ आइसोलेसनमा बसेको गौतमले बताए । यसअघि संक्रमण भएका अन्यम ध्ये केही निको भइसकेका छन् भने केही सेल्फ आइसोलेसनमै छन् ।

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएपछि काम गर्ने समय तालिकामा परिवर्तन आएको डा. गौतमले जनाए । यसअघि ६ घण्टामा सिफ्ट परिवर्तन हुने गरेकामा अहिले एउटै कर्मचारीले १२ घण्टा काम गरिरहेका छन् । अस्पतालका संक्रमितमध्ये ९ जना स्वास्थ्यकर्मी हुन् भने ५ जना प्रशासनका कर्मचारी हुन् ।

स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिदै गएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल सेल्फ आइसोलेसनमा बसेका छन् ।

प्रकाशित : भाद्र १०, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?