कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण

अमृता अनमोल

बुटवल — रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा कार्यरत एक जना वरिष्ठ कर्मचारीको परिवारका ८ जनालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

रुपन्देहीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण

कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि परिवारको समेत स्वाब संकलन गरिएको थियो । त्यसमा ७ जनामा कोरोना देखिएको हो । राति ९ बजेको नतिजामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई तत्काल खबर गरिएको थियो । उनीहरु सिद्धार्थनगर ८ स्थित आफ्नै घरमा छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

पछिल्लो समय रुपन्देहीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार बिहानसम्म ५ सय ५७ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदारनाथ साहले बताए । त्यसमध्ये २ सय ३ जना अहिले उपचाररत छन् । त्यसमध्ये १४ जना लक्षणसहितका बिरामी हुन् । सबैभन्दा बढी संक्रमण बुटवलमा देखिएको छ । रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र ३, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?