बलात्कार आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका–८, सिमखर्कका ३५ वर्षीय युवकलाई प्रहरीले आफ्नै भाउजु बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । झारफुक गर्ने बहानामा उनले ४० वर्षीया भाउजुलाई बिहीबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवकविरुद्ध हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिलाको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए । साउन महिनामा मात्रै सल्यानमा ३ बालिकासहित ५ महिला बलात्कृत भएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?