कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तु अस्पतालका मेसुसहित १८ जनामा कोरोना

कान्तिपुर संवाददाता

कपिलवस्तु — तौलिहवास्थित जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिन्टेन्डेन्टसहित ३ चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु अस्पतालका मेसुसहित १८ जनामा कोरोना

साउन २६ गते अस्पतालका ९१ जनाको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

ओपीडी, ल्याब र इमर्जेन्सी फाँटका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । त्यस्तै, काउन्टर र प्रशासन फाँटका कर्मचारी पनि संक्रमित पाइएका छन् । अस्पतालका चमेना गृह सञ्चालक पनि संक्रमित भएका छन् । १३ जनाको अझै रिपोर्ट आउन बाँकी छ ।

साउन २५ गते पनि अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । त्यसको भोलिपल्टदेखि अस्पताल सिल गरिएको छ । इमर्जेन्सी सेवाबाहेक सबै सेवा अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएको छ । जिल्लामा हालसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ जनाको कोरोनाले मृत्यु भइसकेको छ । सक्रिय केस १ सय ३८ जनाको रहेको छ ।

प्रकाशित : श्रावण २९, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?