कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवाको पीसीआर रिपोर्ट नेगेटिभ

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ज्यान गुमाएका २५ वर्षीय युवा प्रदीप तेलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवाको पीसीआर रिपोर्ट नेगेटिभ

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तेलीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बुटवलस्थित अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो । बुधबार साँझ आएको पीसीआर रिपोर्टमा तेलीलाई कोरोना संक्रमण नदेखिएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताए ।

थापाका अनुसार तेलीको मिर्गौला फेल भएको थियो । तेली यही साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए । आउँदा नै बिरामी परेका उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए ।

श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रकाशित : श्रावण २९, २०७७ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?