कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा बिहीबारदेखि भदौ ५ गतेसम्म 'लकडाउन'

सन्जु पौडेल

तिलोत्तमा — समुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । 

बुटवलमा बिहीबारदेखि भदौ ५ गतेसम्म 'लकडाउन'

उपमहानगरको बुधबार बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको, सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

‘बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर भदौ ५ गतेसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ,' आचार्यले भनिन् । लकडाउनका क्रममा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने बताइएको छ ।

उपमहानगरले गत साताबाटै हाटबजार लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : श्रावण २८, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?