कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६९

पाल्पाकाे झुम्सामा एक युवक मृत फेला

माधव अर्याल

पाल्पा — तिनाउ गाउँपालिका–३ झुम्सामा मंगलबार एक युवक मृत अवस्थामा फेला परेका छन् । तिनाउ गाउँपालिका–६ मस्याम जन्तीलुङ ठेगाना भइ झुम्सामा बस्दै आएका २४ वर्षीय इन्द्रबहादुर लम्तरी मृत भेटिएका हुन् । 

प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार घटनाबारे जानकारी पाउनासाथ अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुरज श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ ।

स्थानीयको घर नजिकै प्रगतिशील महिला समूहको प्रतिक्षालयमा बिहान मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको झुम्साका वडाध्यक्ष प्रेम पाण्डेयले बताए । स्थानीयका अनुसार मृतक लम्तरीको घाँटीमा निल डाम र खुट्टामा रगतका छिटा देखिएको छ ।

शंकास्पद घटना देखिएकोले प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ । मृतक युवा टिपर सह–चालक हुन् ।

प्रकाशित : श्रावण २७, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न सरकारले पत्राचार गरेको छ । अब चीनले के गर्ला ?

×