कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

अछाम चौरपाटि– ५ का ती पुरुष दुवै फोक्सोमा निमोनिया भएका कारण साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका थिए । सोमबार साँझ आएको मृतकको स्वाब परीक्षणको रिपोटमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले बताए ।

‘आइतबार साँझ उपचार गर्दागर्दै उहाँको मृत्यु भयो । अहिले रिपोर्ट पाजिटिभ देखियो,’ उनले भने । अस्पतालका कर्मचारीको अभावले काम गर्नसमेत गाह्रो भएको बताए ।

यसअघि बाँकेमै सोमबार मात्र कोहलपुर–२ की महिला, बैजनाथ गाउँपालिकाकी एक महिला र नरैनापुरका एक पुरुषले कोरानाबाट ज्यान गुमाएका थिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

प्रकाशित : श्रावण २६, २०७७ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?