कपिलवस्तुमा साउन ३२ गतेसम्म लकडाउन- प्रदेश ५ - कान्तिपुर समाचार

कपिलवस्तुमा साउन ३२ गतेसम्म लकडाउन

मनोज पौडेल

कपिलवस्तु — समुदायमा संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा मंगलबारदेखि साउन ३२ गतेसम्म लकडाउन गरिएको छ । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले साउन २७ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सर्वसाधारणलाई आवतजावत गर्न नदिने गरि लकडाउनसँगै व्यापार व्यवसाय, जिल्लाभरिको बजार पसल बन्द गरिएको हो ।

तरकारी र खाद्यान्‍न पसल भने बिहान ८ देखि १० बजेसम्म सञ्चालन गर्न दिइएको छ । निजी सार्वजनिक यातायात बन्द हुनेछन् । होटल, रेष्टुरेन्ट र चिया पसल पनि बन्द गरिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द गरिएको छ ।

समुदायमै भाइरस संक्रमण भएकाले सबै मिलेर सचेतना र सतर्कता अपनाएर नियन्त्रणमा लिनुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

१० दिनयता कपिलवस्तुमा ५५ जना बढिमा कोरोना भाइरस संक्रमण देखिएको छ । भाइरस संक्रमितको संख्या जिल्लामा ८ सय ५७ पुगेको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुमा शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले सरकारी कार्यालय,बैंक तथा वित्तीय कार्यालयबाट प्रदान गरिने सबै सेवा र सार्वजनिक यातायातका सेवा शुक्रबारबाट पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

साउन २३ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म १० दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । उक्त अवधिमा जिल्लामा जोरविजोर नम्बरका आधारमा सवारी साधान सञ्चालन गर्न दिने निर्णय भएको छ ।

प्रदेशमा सबैभन्दा बढी र मुलुकमा पाँचौ बढी संक्रमित कपिलवस्तुमा छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९१ छ ।

प्रकाशित : श्रावण २२, २०७७ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×