प्रदेश ५ का कानुनमन्त्री होम आइसोलेसनमा- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ का कानुनमन्त्री होम आइसोलेसनमा

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश–५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी होम आइसोलेसनमा बसेका छन् । केहीदिन पहिले काठमाडौंमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी रहेकामा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्री केसी होम आइसोलेसनमा बसेका हुन् ।

मन्त्री केसी बिहीबारदेखि होम आइसोलेसनमा बसेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । मन्त्री केसी बिहीबार प्रदेश मन्त्रीपरिषदको बैठकमा समेत सहभागी भएका थिए ।

केसीको पीसीआर परीक्षण गर्ने र पीसीआर रिपोर्ट पोजिटीभ आए मुख्यमन्त्री, सबै मन्त्री, मन्त्रालयका सचिवलगायत उनीहरुको सम्पर्कमा आएका सबै जना आइसोलेसनमा बस्ने सामाजिक विकासमन्त्री बरालले बताए ।

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण २३, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

बझाङमा क्‍वारेन्टाइनबाट घर फर्केका थप २४ जनामा संक्रमण

दुई वडामा निषेधाज्ञा
वसन्तप्रताप सिंह

बझाङ — बझाङको केदारस्युँ गाउँपालिकामा क्‍वारेन्टाइनबाट घर फर्केका थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार र बिहीबार देखिएका नयाँ संक्रमितहरु समुदायमा घुलमिल भइसकेकाहरु छन् । संक्रमितहरु घर गएर परिवार र समुदायका मानिसहरुको सम्पर्कमा गएको देखिएपछि उनीहरुको सम्पर्कमा आएका ३ सय ५० जनाको थ्रोट स्वाब संकलन गरिएको छ । उनीहरुको सम्पर्कमा आएका अरु मानिसहरु पत्ता लगाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

‘अहिले देखिएका सबै संक्रमितहरु भारतबाट आएका मानिस हुन्’, गाउँपालिका प्रवक्ता लोकेश भण्डारीले भने, ‘उनीहरु क्‍वारेन्टाइनमा पूरा अवधि नबसेर गाउँघरमा घुलमिल भएका कारण समुदायमा पनि संक्रमण सरेको हुन सक्छ । स्वास्थ्यकर्मीको टोलीले संक्रमितको सम्पर्कमा आएकाहरु पत्ता लगाउने र परीक्षण गर्ने काम गरिरहेको छ ।’

समुदायमा घुलमिल भइसकेकाहरुमा संक्रमण देखिएपछि गाउँपालिकाका वडा नं ६ र ७ मा जिल्ला प्रशासन कार्यालयले साउन १९ देखि ३२ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १६:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×