कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफैंले थापेको पासोमा परेर मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — बँदेल मार्न आफैंले थापेको पासोमा परेर छत्रदेव गाउँपालिका–३ बल्कोटका ५० वर्षीय तुल्सीराम पाण्डेको बिहीबार मृत्यु भएको छ ।

घरदेखि केही पर मकै बारी नजिकै उनले बाली खान आउने बँदेलका लागि विद्युतको नांगो तर बिच्छाएका थिए । तार बिच्छाएर हिँड्न थाल्दा चिप्लिएर लडेपछि उनलाई तारले छोएको थियो ।

बँदेल र बाँदरबाट बारीमा पाक्दै गरेका मकै जोगाउन आफैंले थापेको पासोमा परि पाण्डेका निधन भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

प्रकाशित : श्रावण २२, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?