चन्दका १० जना कार्यकर्ता बुटवलबाट पक्राउ
काठमाडौँ — रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द समूह १० जना कार्यकर्तालाई बुटवलबाट पक्राउ गरेको छ ।
सरकारद्वारा प्रतिबन्धित गतिविधिमा संलग्न रहेको भन्दै उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहितका व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विश्वास भट्टराई, नविल थारु, माधव न्यौपाने, अजमोहमद मियाा लगायत छन् । बुटवल–१९ मोतिपुरबाट पक्राउ गरिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए ।
नेकपाले भने प्रहरीले बिना कारण आफ्ना नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित : श्रावण १६, २०७७ २०:२७प्रतिक्रिया