कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्दका १० जना कार्यकर्ता बुटवलबाट पक्राउ 

अमृता अनमोल

काठमाडौँ — रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द समूह १० जना कार्यकर्तालाई बुटवलबाट पक्राउ गरेको छ ।

सरकारद्वारा प्रतिबन्धित गतिविधिमा संलग्न रहेको भन्दै उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहितका व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विश्वास भट्टराई, नविल थारु, माधव न्यौपाने, अजमोहमद मियाा लगायत छन् । बुटवल–१९ मोतिपुरबाट पक्राउ गरिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए ।

नेकपाले भने प्रहरीले बिना कारण आफ्ना नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : श्रावण १६, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जको कोरोना अस्पतालबाट २० जना डिस्चार्ज

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी कोरोना अस्पतालबाट संक्रमण निको भएर २० जना डिस्चार्ज भएका छन् । अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । 

पछिल्लो दुई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डा. सिंहका अनुसार निको भएर डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिका– ५ जेल रोड निवासी ४७ वर्षीय जोगिन्द्र महतो पनि छन्, जो निमोनियाका बिरामी पनि थिए । ‘१० दिनसम्म चलेको उपचारपछि महतो निको भएका छन्,’ डा. सिंहले भने, ‘कोरोना नेगेटिभ भएपछि शुक्रबार डिस्चार्ज भएका छन् ।’

डिस्चार्ज हुने २० जनामध्ये ३ जना महिला रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : श्रावण १६, २०७७ १९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×