कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोज खाएका एकै गाउँका ५० जना भन्दा बढी बिरामी

माधव अर्याल

पाल्पा — पाल्पाको रामपुर नगरपालिका–७ मोहटी गाउँमा १३ दिनको पितृ प्रसाद खाएका ५० जना भन्दा बढी बिरामी परेका छन् । आइतबार अपराहृन भोज खाएका अधिकांश बिरामी परेका हुन् । उनीहरुलाई झाडापखाला, ज्वरो र दिसामा रगत देखिएको रामपुर अस्पतालका डा. विजय परियारले जानकारी दिए । उनका अनुसार भोज खान गएकाहरुमा मात्रै यस्तो समस्या देखिएको छ । 

भोज खाएका एकै गाउँका ५० जना भन्दा बढी बिरामी

सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर टाढा रहेका रामपुर अस्पतालमा ३० जना उपचारका लागि आएका छन् । १३ जनालाई थप उपचारका लागि तानसेस्थित लुम्बिनी मेडिकल कलेज रिफर गरिएको डा. परियारले बताए । २८ वर्षीय विमला सुनार, ५९ वर्षीय विनमाया विकको अवस्था गम्भीर रहेकाले तत्काल एम्बुलेन्समार्फत पठाइएको रामपुर अस्पतालले जनाएको छ ।


मोहटीका मानबहादुर सुनारको निधन भएको १३ दिनको प्रसाद खाएका गाउँका ५० जना भन्दा बढी बिरामी परेको स्थानीय ओमबहादुर सुनारले बताए । पितृ प्रसादमा खीर, तरकारी र अचार खाएका थिए । बजारबाट किनेको पोके दूध, मेवाको अचार र तरकारी खाएको स्थानीयले बताए । झाडापखाला लाग्न सुरु भएपछि रामपुर अस्पतालमा सोमबारदेखि उपचारका लागि गएका थिए । बिरामी भएका सबै एकै गाउँका हुन् । अस्पतालमा बिरामीका लागि बेड समस्या छ । एकै बेड दुई जना र खाली ठाउँमा समेत राखेर उपचार गर्नु परेको अस्पतालले जनाएको छ । के कारणले यति धेरै बिरामी परे भन्ने थप अनुसन्धान भइरहेको डा. परियारले बताए । ‘ल्याब टेस्ट गरिएको छ,’ उनले भने, ‘तर ठ्याक्कै कारण पत्ता लागिसकेको छैन ।’

प्रकाशित : श्रावण १३, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?