दाङमा अफिमसहित चार जना पक्राउ- प्रदेश ५ - कान्तिपुर समाचार

दाङमा अफिमसहित चार जना पक्राउ

दुर्गालाल केसी

दाङ — प्रहरीले दाङबाट अफिमसहित चार जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–१ भालुबाङस्थित सोल्टी होटेलमा बसेर लागूऔषध कारोबार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले ६ किलो ९६७ ग्राम अफिमसहित रोल्पाका चार जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका २ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्ती मगर, ३२ वर्षीय लालमन घर्ती मगर र सुनछहरी ५ का ३५ वर्षीय दुजबहादुर रोका रहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

उनीहरुको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग भएको लु १ च ६१७१ नम्बरको जिप र लु ४० प ९८०६ नम्बरको मोटरसाइकल पनि बरामद भएको उनले बताए । बिहीबार पक्राउ परेका चारै जनाविरुद्ध शुक्रबार लागूऔषध मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।

प्रकाशित : श्रावण १०, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्

दाङमा बलात्कार अभियोगमा एक पक्राउ

दुर्गालाल केसी

दाङ — बलात्कार अभियोगमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् । वैशाख १७ गते तुलसीपुरकी महिलालाई बलात्कार गरी फरार भनिएका तुलसीपुर उपमहानगरपालिका ३ का ४४ वर्षीय खिमबहादुर वलीलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि घरमै सुतेकी महिलालाई बलात्कारको आरोप छ ।  

अभियुक्तलाई मंगलबार आफ्नै घरमा लुकेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी शिवबहादुर सिंहले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : श्रावण ७, २०७७ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×