दाङमा बलात्कार अभियोगमा एक पक्राउ- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा बलात्कार अभियोगमा एक पक्राउ

दुर्गालाल केसी

दाङ — बलात्कार अभियोगमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् । वैशाख १७ गते तुलसीपुरकी महिलालाई बलात्कार गरी फरार भनिएका तुलसीपुर उपमहानगरपालिका ३ का ४४ वर्षीय खिमबहादुर वलीलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि घरमै सुतेकी महिलालाई बलात्कारको आरोप छ ।  

अभियुक्तलाई मंगलबार आफ्नै घरमा लुकेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी शिवबहादुर सिंहले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : श्रावण ७, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्

हुम्लाका लागि ७३ हजार क्‍विन्टल खाद्यान्‍न माग

छपाल लामा

हुम्ला — जिल्ला खाद्य व्यवस्थापन समितिले हुम्लाका लागि ७३ हजार क्‍विन्टल खाद्यान्‍न माग गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि यस वर्ष खाद्यान्न माग गर्ने निर्णय गरेको हो ।

बैठकले सिमकोटस्थित शाखा कार्यालय र ग्रामीण क्षेत्रका डिपोहरुका लागि यस वर्षको कोटा निर्धारण गरेको कम्पनीका शाखा प्रमुख रामबहादुर विष्टले बताए । उनका अनुसार सिमकोटका लागि ३५ हजार, श्रीनगरका लागि ६ हजार, सर्केगाडका लागि ८ हजार, ताजाकोटमा ६ हजार, यालबाङमा ६ हजार र याङ्चुका लागि ६ हजार क्‍विन्टल खाद्यान्‍न माग गर्ने निर्णय गरिएको छ ।

दसैं–तिहारका लागि चाहिने खाद्यान्न हवाइमार्गबाट ढुवानी गर्ने निर्णय गरिएको जिसस प्रमुख रावतले बताए । उनका अनुसार ताजाकोटको छप्रेला तथा यालवाङमा डिपो स्थापनाका लागि केन्द्रीय खाद्य व्यवस्था समितिसँग माग गर्ने निर्णयसमेत गरिएको छ । कम्पनीका अनुसार सिमकोट शाखामा अहिले ६ हजार क्‍विन्टल चामल मौज्दात छ । हुम्लामा सरकारले ढुवानी अनुदानमा चामल विक्री–वितरण गरिरहेको छ ।

प्रकाशित : श्रावण ७, २०७७ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×