कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

दुर्गालाल केसी

दाङ — घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ मसोटमा बिहीबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको रा १ च ९६२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा जीपमा सवार तुलसीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वलीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए । दुर्घटनामा घाइते भएका वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा चालक तुलसीपुर १५ का ३८ वर्षीय भीमबहादुर वली, यात्रुहरु तुलसीपुर १५ कै २६ वर्षीय देवराज वली, १७ वर्षीय विशाल वली र २४ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुको प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

प्रकाशित : श्रावण १, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?