कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ राजमार्गमा पुनः पहिरो, दोभानको पहिरो अझै पन्छाउन सकिएन

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, चर्चरे नजिकै मंगलबार बिहान पहिरो खसेको छ । सडक चौडा गर्ने क्रममा घुम्ती कटान गरेको स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गमा पुनः पहिरो, दोभानको पहिरो अझै पन्छाउन सकिएन

उता, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका दोभान बजार नजिकै सोमबार बेलुकी खसेको पहिरो पन्छाउन नसक्दा अझैसम्म सडक अवरुद्ध भएको छ ।

दोभान बजारदेखि सय मिटर नजिकै पहिरो खसेको छ भने पहिरोसँगै बिजुलीको पोलसमेत ढलेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । झण्डै ५० मिटर माथिदेखि पहिरो खसेको छ । हिजो बेलुकी सवा ५ बजेतिर खसेको पहिरो ठूलो भएकाले सडक खुल्न केही समय लाग्ने दोभान प्रहरी चौकीका प्रमुख सोमबहादुर सारु मगरले बताए । उनका अनुसार एक्स्काभेटरको चालक नभएपछि पहिरो पन्छाउन ढिलाइ भएको हो । पहिरो ठूलो खसेकाले काम गरेको चार घण्टापछि मात्र खुलाउन सकिने अवस्था छ ।

रुपन्देहीतर्फ र पाल्पातर्फबाट गएका सवारी साधन दोभान, भूतखोलातर्फ नै रोकिएको छ । रुपन्देहीतर्फबाट आएका सवारी साधन सिद्धबाबामै रोकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाकै लहसुनेबाट खोकखोला जाने सडकमा पनि ठूलो पहिरो खसेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार पहिरो खसेपछि चार दिनदेखि सवारी साधन चल्न सकेका छैनन् ।

प्रकाशित : असार ३०, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?