कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान बजार नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दोभान बजारदेखि सय मिटर नजिकै पहिरो खसेको हो । पहिरोसँगै बिजुलीको पोलसमेत ढलेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए ।

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

झण्डै ५० मिटर माथिदेखि पहिरो खसेको छ । सोमबार बेलुकी सवा ५ बजेतिर खसेको पहिरो ठूलो भएकाले सडक खुल्न केही समय लाग्‍ने दोभान प्रहरी चौकीका प्रमुख सोमबहादुर सारु मगरले बताए । उनका अनुसार पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ ।

डोजर स्ट्याण्डबाइ रहेपनि रातिमा काम गर्न नसक्ने भएकाले पहिरो खुलाउन समय लाग्‍ने प्रहरीले जनाएको छ । रुपन्देहीतर्फ र पाल्पातर्फबाट गएका सवारी साधन दोभान, भुतखोलातर्फ नै रोकिएको छ । रुपन्देहीतर्फबाट आएका सवारी साधन सिद्धबाबामै रोकिएका छन् ।

लसुने–खोकखोलामा ठूलो पहिरो

सिद्धार्थ राजमार्गको लहसुनेबाट खोकखोला (रम्भा गाउँपालिका केन्द्र) जाने सडकमा ठूलो पहिरो खसेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार झण्डै सय मिटर लम्बाई र ५० मिटर जति चौडाइको पहिरो खसेपछि तीन दिनदेखि सवारी साधन चल्न सकेको छैन ।

पहिरो खस्दा खोकखोला,अगाहाखोला लगायतका स्थानमा जाने सवारी साधन रोकिएका छन् । पैदलयात्रुलाई समेत समस्या छ ।

प्रकाशित : असार २९, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?