कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोला किनारमा पुरुष मृत फेला

अमृता अनमोल

बुटवल — रुपन्देहीको सैनामैनामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका १ का २६ वर्षीय कुलबहादुर कुँवर आइतबार मृत अवस्थामा फेला परेका हुन् । उनी सैनामैना नगरपालिका वडा ११ मसुरीभाटामा रहेको कञ्चन खोला किनारमा मृत भेटिएका थिए ।

मानसिक रुपमा विछिप्त उनी आफैं वा कसैले खोलामा धकेलेर बगेको र मृत्यु भएको हुनसक्ने प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजकुमार बैदावरले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : असार २१, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?